अभिलाष गुप्ता
वीरगञ्ज, ०६ जेठ

नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित श्री सुन्दरमल–रामकुमार कन्या विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भगवती चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका उपसभापति मदन प्रसाद गुप्ता तथा निवर्तमान सभापति श्रीमती मधुराणा लगायतले विद्यार्थीहरूलाई पर्चा तथा चश्मा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी करिब १४८ जना लाभान्वित भएका थिए। परीक्षणका क्रममा आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिता साह, सहायक प्रधानाध्यापक लक्ष्मी सिंह लगायतले नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखा परिवारप्रति आभार व्यक्त गर्दै कदरपत्र प्रदान गरेका थिए।
कार्यक्रममा संघका सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, उपकोषाध्यक्ष सन्तोष जैसवाल, उपसचिव उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्याय, सुनिता नेपाल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी नेत्र सहायक अन्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग प्रदान गरेका थिए। कार्यक्रमबारे जानकारी नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले गराउनुभएको हो।









