२०८३ जेष्ठ ११ गते सोमबार

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज ०६ जेठ

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जको श्रीपुर शाखा, मुर्ली प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा कुल २२ जनाले रक्तदान गरेका छन्, जसमा एक महिला सन्जु श्रेष्ठ पनि सहभागी भएकी थिइन्। मानव जीवन बचाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम स्थानीय स्तरमा उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न भएको हो।

कार्यक्रम श्रीपुर शाखा प्रमुख ललन साह कानुको अध्यक्षतामा तथा बैंकका निर्देशक श्यामसुन्दर रुंगटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उक्त अवसरमा प्रदेश प्रबन्धक सुदीप चन्द्र पोखरेल, मर्निङ शाखा प्रबन्धक अरुण कुमार यादव, वीरगञ्ज शाखा प्रबन्धक टिंकु रौनियार, गरिमा विकास बैंकका शाखा प्रबन्धक राजीव कुमार झा, लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक सुरज कोइराला, समाजसेवी राजेन्द्र भट्टराई, बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा सन्जु श्रेष्ठ, विवेक ठाकुर, सुरेश सापकोटा, सैफुल्ला देवान, विजय प्रसाद हजाम, अजय साह तेली लगायत सहभागी रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि श्यामसुन्दर रुंगटाले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै नियमित रक्तदान गर्न सबैलाई आग्रह गरे। उनले भने, “रक्तदानले कुनै व्यक्तिको जीवन बचाउन सकिन्छ, त्यसैले यसलाई मानवताको सबैभन्दा ठूलो सेवा मानिन्छ।”

त्यसैगरी शाखा प्रमुख ललन साह कानुले बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी दिए। उनले देशभर बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा स्वयंसेवक टोलीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM