२०८३ असार ३ गते बुधबार

पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ

अभिलाष गुप्ता
वीरगञ्ज, असार ३

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ गरिएको छ। देश मधेश डटकम अनलाइनका अध्यक्ष एवं सञ्चारकर्मी अभिलाष गुप्ता तथा सञ्चारकर्मी सन्तोष कुशवाहाले संयुक्त रूपमा कटवाललाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा सञ्चारकर्मीहरूले पर्सा जिल्लामा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा प्रहरी निरीक्षक कटवालले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले कटवालको कार्यकालमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सर्वसाधारणमै ट्राफिक नियमप्रति सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

कार्यक्रममा सञ्चारकर्मी अभिलाष गुप्ता र सन्तोष कुशवाहाले कटवाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी जिम्मेवारीका लागि समेत शुभेच्छा दिएका थिए। उनीहरूले कटवालको स्वास्थ्य, प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दै सम्मानपूर्वक बिदाइ गरेका हुन्।

प्रहरी निरीक्षक कटवालले पनि आफ्नो कार्यकालमा सञ्चारकर्मी तथा सरोकारवाला निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिदाइ कार्यक्रममा सहभागीहरूले प्रहरी निरीक्षक कटवालको व्यावसायिक दक्षता, अनुशासित कार्यशैली तथा नागरिकमैत्री व्यवहारको प्रशंसा गर्दै उनको आगामी कार्ययात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM