२०८३ असार ५ गते शुक्रबार

जीतपुरसिमरा उद्योग वाणिज्य संघको निर्वाचनमा गजेन्द्र गुप्ता नेतृत्वको ‘MAKE WIN’ टिम मैदानमा, व्यवसायी हितलाई केन्द्रमा राख्दै मत माग्दै

अभिलाष गुप्ता
जीतपुरसिमरा, ०५ असार

आगामी असार ७ गते हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता नेतृत्वको ‘MAKE WIN’ टिम चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएको छ। “जित हाम्रो लक्ष्य, सेवा हाम्रो संकल्प” भन्ने मूल नारासहित निर्वाचनमा होमिएको उक्त टिमले उद्योगी, व्यवसायी तथा सम्पूर्ण मतदातासमक्ष आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ।

टिमका अनुसार संस्थालाई थप प्रभावकारी, व्यवसायीमैत्री तथा सशक्त बनाउने उद्देश्यसहित अनुभवी र समर्पित उम्मेदवारहरूको समूह निर्वाचनमा सहभागी भएको हो। अध्यक्ष पदमा गजेन्द्र कुमार गुप्ता, वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु करबार, कोषाध्यक्षमा रिना रौनियार पुरी तथा वाणिज्य सचिवमा रिता कँडेल उम्मेदवार रहेका छन्। त्यसैगरी विभिन्न सदस्य पदहरूमा पनि टिमका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

‘MAKE WIN’ टिमले व्यवसायीहरूको हकहित संरक्षण, उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, संस्थागत सुदृढीकरण तथा सदस्यहरूको समस्या समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको जनाएको छ। टिमले बलियो नेतृत्व, पारदर्शी कार्यशैली र उत्तरदायी व्यवस्थापनमार्फत संघलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदातासँग भेटघाट, छलफल तथा आफ्ना एजेन्डा सार्वजनिक गर्ने कार्यमा व्यस्त रहेका छन्। यसबीच ‘MAKE WIN’ टिमले व्यवसायी समुदायको विश्वास र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ।

यस अवसरमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निष्पक्ष, मर्यादित र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गरिएको छ। साथै अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता सहित सम्पूर्ण ‘MAKE WIN’ टिमको सफलताको लागि शुभेच्छा व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM