२०८३ असार १४ गते आईतवार

लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

वीरगञ्ज, असार १३, २०८३ (२७ जुन २०२६)

लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको वर्ष २०२५–२६ को पद हस्तान्तरण तथा वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम शनिबार वीरगञ्जस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष लायन उमेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट (DGE) एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, डिष्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ तथा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवाल, एरिया चिफ लायन रमेश्वर प्रसाद गुप्ता, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, भारतको रक्सौल लायन्स क्लबका अध्यक्ष लायन बिमल सर्राफ तथा उहाँकी धर्मपत्नी लायन पूनम सर्राफ, गाइडिङ लायन नारोत्तम पाण्डे लगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य क्लबका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवालले व्यक्त गर्दै क्लबले छोटो समयमै सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ता र अध्यक्ष–निर्वाचित लायन पिया सिंहबीच क्लबको मिनेट बुक तथा आवश्यक कागजात हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण सम्पन्न गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष लायन पिया सिंहले आगामी कार्यकालका लागि क्लबको वार्षिक परियोजना तथा कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवालाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै वहांले नया सदस्य थपेर धेरै आकर्षित रूपमा नया टोलीको गठन गर्नु भयो। सदस्यता ग्रहण नया सदस्य हरु को बिस्तर यस प्रकार क्षण :-
अध्यक्ष – लायन पिया सिंह
1st VP – लायन अंकित चौरसिया
2nd VP – लायन प्रभात आनंद सिंह
3rd VP – लायन रबीन श्रेष्ठ
सचिव – लायन नेल्सन भंडारी
सह सचिव – लायन प्रसिद्धि आनंद सिंह
कोषाध्यक्ष – लायन खुशबू गुप्ता
सदस्य ज्यूहरू-
लायन श्वेता गुप्ता
लायन कोमल गुप्ता
लायन श्रुति गुप्ता
लायन नवनीता सिंह
लायन संजना बरनवाल।

कार्यक्रममा जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा प्रमुख अतिथि डीजीई एमजेएफ लायन राम बिहारी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै क्लबले समाज सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा अध्यक्ष–निर्वाचित लायन पिया सिंहले निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्तालाई सफल कार्यकालको सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताले उपस्थित सम्पूर्ण अतिथि, लायन सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले क्लबको नेतृत्व हस्तान्तरणसँगै आगामी कार्यकालका लागि नयाँ ऊर्जा, उत्साह र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM