२०८३ असार २० गते शनिबार

गण्डक चेकपोस्टमा नयाँ राष्ट्रिय झण्डा स्थापना, राष्ट्रिय गौरवको संरक्षणमा युवाको पहल

अभिलाष गुप्ता
बारा, असार २०

बारा–पर्सा जोड्ने कलैया–वीरगञ्ज सडकखण्डस्थित गण्डक चेकपोस्टमा लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डालाई शनिबार नयाँ झण्डाले प्रतिस्थापन गरिएको छ। युवा समाजसेवी तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी सञ्जु साहको नेतृत्वमा स्थानीय युवाहरूले नयाँ राष्ट्रिय झण्डा स्थापना गरेका हुन्।

नयाँ झण्डा स्थापना गर्दै सञ्जु साहले भारत–नेपाल सीमावर्ती महत्वपूर्ण नाकाका रूपमा रहेको गण्डक चेकपोस्टबाट दैनिक रूपमा स्वदेशी तथा भारतीय नागरिक तथा पर्यटकहरूको आवागमन हुने भएकाले यहाँ फहराइने राष्ट्रिय झण्डाले नेपालको पहिचान, राष्ट्रिय गौरव र शान्तिको सन्देश प्रवाह गर्ने बताए।

उनले भने, “राष्ट्रिय झण्डा हाम्रो राष्ट्रिय स्वाभिमान, एकता र पहिचानको प्रतीक हो। लामो समयदेखि च्यातिएको झण्डा देख्दा दुःख लागेको थियो। त्यसैले स्थानीय युवाहरूको सहकार्यमा नयाँ झण्डा स्थापना गरेका हौं। यसको संरक्षण र सम्मान गर्नु प्रत्येक नेपालीको साझा दायित्व हो।”

कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का वडाध्यक्ष रामेश्वर साह कलवार, इलाका प्रहरी कार्यालय प्रसौनीका सुरक्षाकर्मी, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, महासचिव त्रिलोक प्रताप सिंह, वरिष्ठ सदस्य सरोजकुमार यादव, पत्रकार अनिल गुप्ता, कृष्णा साह, लालबाबु यादव, रणजित साह, पूर्व वडा अध्यक्ष बैजु गुप्ता तथा स्थानीय युवा र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डाको सम्मान, संरक्षण र यसको गरिमालाई कायम राख्न प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। साथै, नयाँ राष्ट्रिय झण्डा स्थापना कार्यमा नामोजि गुप्ताले विशेष भूमिका निर्वाह गरेको सहभागीहरूले बताएका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM