२०८३ असार २० गते शनिबार

रास्वपा वीरगञ्ज महानगर कार्यसमितिको सदस्यमा महसिन राजा मनोनित

अभिलाष गुप्ता
वीरगञ्ज, असार २०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगर कार्यसमितिको सदस्य पदमा महसिन राजा मनोनित भएका छन्।

मनोनयनपछि रास्वपा वीरगञ्ज महानगर कार्यसमितिका सभापति दिपाराज पटेलले महसिन राजालाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै पार्टीको संगठन विस्तार, जनसेवा तथा जनअपेक्षा अनुरूप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

सभापति पटेलले नवमनोनित सदस्य राजाले पार्टीको सिद्धान्त, नीति तथा उद्देश्यलाई आत्मसात गर्दै वीरगञ्ज महानगरमा संगठनलाई अझ सुदृढ बनाउन सक्रिय योगदान पुर्‍याउने अपेक्षा समेत व्यक्त गरेका छन्।

रास्वपाले पछिल्लो समय स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिँदै नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM