२०८३ असार २३ गते मंगलवार

सदनमा सांसदले उठाएका विषय सरकारले बेवास्ता गरिरहेको छ : सांसद हरि पन्त

काठमाडौं, असार २२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले प्रतिनिधिसभामा उठाइने जनसरोकारका विषय सरकारले बेवास्ता गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले जनप्रतिनिधिहरूले सदनमा उठाएका विषय सरकारसम्म प्रभावकारी रूपमा पुग्न नसकेको महसुस भइरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले सदनमा उठाइएका जनताका आवाज सरकारसम्म पुग्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।

सांसद पन्तले वीरगञ्जका अधिकांश तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई समेत प्रवेश गराइएको भन्दै स्थानीयवासीबाट व्यापक गुनासो आएको उल्लेख गरे। विदेशी पर्यटकका लागि सञ्चालन गरिएका क्यासिनोमा प्रहरी–प्रशासनको मिलेमतोमा नेपालीलाई प्रवेश दिइएको आरोप स्थानीयले लगाएको उनको भनाइ थियो। क्यासिनोको लतका कारण व्यवसायी, युवा उद्यमी, मध्यमवर्गीय परिवार तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरू आर्थिक र सामाजिक रूपमा प्रभावित भएको उनले बताए।

उनले सभामुखमार्फत सरकार र पर्सा प्रशासनलाई क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण रूपमा रोक्न आवश्यक कदम चाल्न आग्रह गरे।

त्यसैगरी, वीरगञ्ज नाकाबाट भारततर्फ गाँजा, चरेसलगायत लागूऔषध तस्करी भइरहेको र भारतीय सुरक्षा निकायले पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला पर्सा प्रहरीको भूमिकामाथि पनि सांसद पन्तले प्रश्न उठाएका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM