२०८२ चैत्र १ गते आईतवार

जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा लागुऔषध ब्राउनसुगर सहित चार भारतीय पक्राउ

 

अभिलाष गुप्ता
चैत २१ बिरगंज

वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिहार रक्सौल निवासी अमित कुमार श्रीवास्तव, किसन कुमार, सुधीर कुमार कुशवाहा र राजाकुमार यादव रहेका छन् ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा प्रहरीले भारतीय नम्बरको स्कारपियोसहित चारै जनालाई पक्राउ गरेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीले उनीहरुको साथबाट बीआर ०६ बीई ०००७ नम्बरको स्कारपियो बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चारै जनामाथि लागु औषध मुद्दामा अदालतबाट पाँच दिनको म्यादसमेत थप भइसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM