२०८३ असार ११ गते बिहीबार

पर्सा जिल्ला स्थित सबैठ्वा धर्मशालामा बृहत नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

 

अभिलाष गुप्ता
चैत ३० बिरगंज

उपकार सेवा नेपाल ,लायन्स क्लब बिरगंज सेन्ट्रल र मरवाडी महिला मन्च बिरगंजको आयोजना, श्री राम अस्पताल बिरगंज को प्राबिधिक सहयोगमा प्रसोती रोग विशेषज्ञ डाक्टर द्वय पृती यादव र दिप्ती यादव को उपस्थितिमा बिरगंज माहानगर पालिका वार्ड न. २३ को सबैठ्वा धर्मशालामा बृहत नि:शुल्क स्वास्थ्य संचालन भयो !सो शिबिरमा जम्मा १२०जनाको स्वास्थ्य परिक्षण भयो ! आवश्यकता परेको सम्पूर्ण बिरामीहरुलाई नि:शुल्क औषधि समेत उपलब्ध गराईएको थियो।

डाक्टर पृती यादवको अनुसार ३५% समस्या भएर पाठेघर निकालेको थियोे भन्ने ५%गर्भावती महिला र ५%महिनवारी समस्या भएको युवतीहरु थियो र ३जना महिलाको आङ्ग खसेको बिरामी समेत फेला परेको बताउनु भयो !
सो कार्यक्रममाउपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु पद्मा देवी सरावगी सुमन बगेडिया , लायन्स क्लब बिरगंज सेन्ट्रल को तर्फ बाट क्लब को सेक्रेटरी आशा अग्रवाल जोन।चेयरमेन कविता हलान तथा मारवाडी महिला मञ्च. बिरगंजको कोषा अध्यक्ष चित्र पटवारी,सचीव अर्चना शर्मा ,सदस्यहरु लता छपोलिया,पुनम शिङ्घानिया,निर्माला भाङ्गर लगायत वार्ड न. २३ को वर्डाध्यक्ष अवध किशोर कुश्वाहा र स्वास्थ्य चौकी प्रमुख बबन प्रसाद सिंह को उपस्थिति थियो ।

वार्डाध्यक्ष कुश्वाहाले आयोजक संस्थाको सम्पूर्ण टीम तथा डाक्टरहरुलाई टीका , माला र खादा लगाई स्वागत तथा सम्मान गर्नु भएको थियो भन्ने बिद्या कुमारी सरावगीले वर्डाध्यक्ष लाई टीका माला र खादा लगाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM