२०८३ असार १० गते बुधबार

लाखौं मूल्यको अलमुनियम सहित ई-रिक्सा पर्सा सशस्त्र प्रहरीको नियन्त्रणमा

 

अभिलाष गुप्ता
बैशाख ०९ बिरगंज

सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छली गरी भारततर्फ लैजान लागिएको लाखौं मूल्यको अलमुनियम तथा ई-रिक्सा नियन्त्रणमा लिएको छ।वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगञ्ज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाने सवारी साधनहरूको नियमित चेकजाँचको क्रममा वीरगञ्जबाट रक्सौलतर्फ गइरहेको वीरगञ्ज म.न.पा.१ ह १–०६९५ नम्बरको ई–रिक्सा जाँच गर्दा छतमा फल्स बटम बनाई लुकाएर राखिएको सामान फेला पारेको हो।

उक्त ई–रिक्सामा जुटको बोरामा प्याक गरी लुकाइएको करिब रु. एक लाख २० हजार मूल्य बराबरको आलुमिनियम सिट र रु. २ लाख मूल्यको ई–रिक्सा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।भन्सार छली गरी चोरी निकासी गर्न लागिएको उक्त सामान सहितको ई–रिक्सा चालक फरार भएकाले सशस्त्र प्रहरीले उक्त सवारी साधन र सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM