२०८३ असार १० गते बुधबार

पूर्व वडाध्यक्ष प्रकाश बहादुर सिलवालको निधनप्रति शोक बिदा दिने घोषणा प्रस्ताव पारित

अभिलाष गुप्ता
बैशाख १४ बिरगंज

 

बिरगंज महानगरपालिका वडा नम्बर १० को कार्यालयले पूर्व वडाध्यक्ष तथा समाजसेवी स्व. प्रकाश बहादुर सिलवालको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार वडाध्यक्ष सुशील कुमार कानुको अध्यक्षतामा बसेको वडा समितिको विशेष बैठकले स्व. सिलवालको स्मृतिमा उनको योगदानप्रति सम्मान र समवेदना प्रकट गर्न आज एक दिनको शोक बिदा घोषणा गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले सर्वसम्मतिबाट आइतबार शोक मनाउने निर्णय गरेको वडाध्यक्ष कानुले जानकारी दिए । त्यस्तै आज अत्यावश्यक सेवाबाहेक वडा कार्यालय अन्तर्गत सञ्चालित सम्पूर्ण सेवाहरू र मातहतको पुस्तकालय बन्द रहने पनि बैठकमा निर्णय गरिएको पनि उनले बताए । तत्कालीन वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष सिलवालको शनिवार निधन भएको थियो ।वडाध्यक्ष कानुका अनुसार सिलवालले वडा अध्यक्षको रूपमा वीरगञ्ज नगरपालिकाको विकास निर्माण, सहर व्यवस्थापन र सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।

उक्त कार्यक्रममा वडा सदस्यहरू मिश्र देवी नगरकोटी, प्रेमशिला देवी, प्रभु प्रसाद महतो, सन्तोष जैसी चौलागाई र वडा सचिव पवन कुमार प्रधानले सिलवालको निधनलाई अपूरणीय क्षतिको भएको बताए । वडा कार्यालयले सिलवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न गहवामाई मातासँग प्रार्थना समेत गरेको छ।

सिलवालको निधनले ठूलो क्षति भएको स्थानीय बासिन्दाहरूले बताएका छन। उनका योगदान कहिलै भुलन नसकिने स्थानीयहरुको भनाई रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM