२०८३ असार १० गते बुधबार

क्षयरोग मुक्त बिरगंज अभियान अन्तर्गत वडा स्तरिय २ दिने सुक्ष्म योजना तर्जुमा निर्माण गोष्ठी सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख १६ बिरगंज

बिरगंज वडा न.२ छ्पकैया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य तथा सामाजिक बिकास , महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखा , बिरगंज महानगर पालिकाको आयोजना आइतबार र सोमबार दुई दिन क्षयरोगबारे जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले प्रशिक्षण दिनु भएको थियो ।” हो हामी टिबि अन्त्य गर्न सक्छौ , लगानी प्रदान गर्ने प्रतिबद्धता ” भन्ने नाराका साथ क्षयरोग मुक्त बिरगंज अभियान अन्तर्गत वडा स्तरिय समितिलाई २ दिने सुक्ष्म योजना तर्जुमा निर्माण गोष्ठी आज सम्पन्न भएको छ ।

क्षयरोग सरुवा रोग हो , नेपाल सरकारले यसलाई महामारीको रुपमा लिएको छ । यो अन्त भएको अवस्था भने भएको छैन ।अब बिस्तारै बिस्तारै अन्त्य गर्ने नया कार्यक्रम ल्याएको क्षयरोग मुक्त अभियान अन्तर्गत वडा स्तरिय समितिलाई सुक्ष्म योजना तर्जुमा निर्माण गरि बिरगंज महानगरको ३२ वडामा यो लागू गरि ५ बर्षको कार्यक्रम हो , हरेक बर्ष माईक्रोसोप टेस्ट गरि क्षयरोग पत्ता लगाउने , यो कार्य जेष्ठ देखि सुरु गर्ने बताए ।

क्षयरोग के हो , यो कस्ता व्यक्तिलाई हुन सक्छ , यसको लक्षण कस्तो हुन्छ , कसरी पहिचान गर्ने , डाटा कसरी सन्कलन गर्ने , यकिन हुने व्यक्तिको उपचार कहाँ हुन्छ र यसबाट बच्न के के उपाय अपनाउनु पर्छ भन्ने बारे वडा स्तरिय समितिलाई जानकारी गराउदै ठाकुरले क्षयरोग स्वास प्रस्वासले लाग्ने सरुवा रोग भएकोले यदि घरका कुनै एक व्यक्तिलाई टिबि भएको छ भने उसले परिवार , समुदाय र जहाँ जहाँ सम्पर्क छ त्यही त्यही टिबि सार्न सक्ने सम्भावना हुने बताए ।

क्षयरोग ( टिबि ) हुने व्यक्तिले जब खकार थुक्छ , फाल्छ र खकारबाट निस्कने किटाणुहरु हावामा तैरिन्छ र अरु निरोगी मानिसले श्वास लिदा त्यही किटाणुहरु फोक्सोमा , छातिमा पुग्छ र उसलाई पनि टिबि हुन्छ । क्षयरोग ( टिबि ) मानिसको कपाल र नङ्ग बाहेक जुनसुकै ठाउमा हुन सक्ने भन्दै यस रोगको लक्षण भनेको लगातार खोकी आउनु , साझ पख ज्वरो आउनु , खाना खान मननलाग्नु , दुब्लाउदै जानू , छाती दुख्नु , खोक्दा रगत र गन्हाउने ढिक्का पिप र खकार आउनु हो ।

क्षयरोग ( टिबि ) कस्ता व्यक्तिलाई हुन सक्छ भने बढी रक्सी खाने , कुपोषण भएका बालबालिकाहरुलाई , गरिब व्यक्तहरुलाई , चिनी रोगिहरुलाई , एचआईभी भएका व्यक्तिहरुलाई , धुलो धुवा , सिमेन्ट , कपडा , रुई फ्याक्ट्रिमा काम गर्ने व्यक्ति , उमेर ढ्ल्केका बुढापाकाहरुमा टिबि लाग्ने सम्भावना बढी हुने सो कार्यक्रममा जानकारी गराएका थिए ।

यस कार्यको लागि अब समुदायमा हामीहरुले के के गर्छौ भने सर्वप्रथम हाम्रो स्वास्थ्य स्वयम् सेबिकाहरुले फरमेट लिनु हुन्छ र कसैलाई खोकी लागेको छ भने त्यसको डाटा सन्कलन गरि AI मेशिनद्वारा टेस्ट गरिन्छ । छातिको एक्सरे र खकारको चेकजाच गरिन्छ र जसलाई टिबि रोग देखिन्छ , त्यस्ता व्यक्तिलाई स्वास्थ्य सस्थाबाट निसुल्क औंषधि दिईन्छ । यो औंषधि ६ महिना देखि ८ महिना सम्म नियमित खानु पर्दछ , बीचमा छाडनु हुदैन । बिरामीले नियमित औंषधि खाए पछी मृत्युको मुखबाट बाच्न सकिन्छ , त्यसकारण यो रोग कुनै पाप गरेर नभैइ कसैबाट सर्ने भएकोले सबैले यसलाई नलुकाई समयमै जाच गरि आफु पनि ढुक्क हुनु हिस र परिवारलाई पनि बचाउनु होस ।

सो गोष्ठीमा वडा न.२ का वडा अध्यक्ष मो. रेयाज मिया तेलि , वडा सदस्य बसिर मिया हजाम , अब्दुल लतिफ अन्सारी , महिला वडा सदस्य संगीता थापा , रम्भा देबि , वडा सचिब कासिम शेख , बिरगंज मेट्रो सिटि हस्पिटलका प्रमुख धर्मेन्द्र कुमार चौरसिया, सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का कोषाध्य प्रेम कुमारी सिंह , आमा समुहका अध्यक्ष नुरजहान खातुन , छ्पकैया नेपालि समाजका सचिब अजित भुजेल , समाजसेबि मिहिका थापा , स्थानिय विशाल कुमार सरार्फ , टिबि प्रोग्राम कोडिनेटर स्रस्टा कौशिक , आधारभूत जनस्वास्थ्य कार्यालय छ्पकैया-२ का अहेव भुषण प्रसाद गुप्ता , अनमी ईसरत जहाँ खातुन , रबिरन्जन चतुर्वेदी , महिला स्वयम् सेबिका पुस्पा सिंह , शर्मिला न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM