२०८२ चैत्र १८ गते बुधबार

A1 बेकरी एण्ड फुड प्रोडक्टको तर्फबाट नि:शुल्क लस्सी वितरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
जेष्ठ २० बिरगंज

A1 बेकरी एण्ड फुड प्रोडक्टको सामाजिक उत्तरदायित्व अन्तर्गत आज बिरगंजको माइस्थानस्थित गहवा माई मन्दिरको अगाडि एक दिवसीय नि:शुल्क लस्सी वितरण कार्यक्रम सम्पन्न भएको छ।

गर्मीको मौसमलाई मध्यनजर गर्दै आयोजित यस कार्यक्रममा सर्वसाधारण एवं बाटोमा हिँडिरहेका बटुवाहरुलाई शीतल पेय पदार्थ स्वरूप स्वादिष्ट लस्सी वितरण गरिएको थियो। स्थानीय नागरिक तथा यात्रुहरूले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै A1 बेकरीको पहलको प्रशंसा गरे।

कार्यक्रमको उद्देश्य गर्मीबाट राहत दिनुका साथै जनतामा मिठो सेवा भाव फैलाउनु रहेको आयोजकले जनाएका छन्। कम्पनीले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM