२०८२ फाल्गुन २६ गते मंगलवार

गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

 

बढ्दो गर्मीका कारण सिर्जना भएको रक्त अभावलाई ध्यानमा राख्दै, गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा तथा श्री गहवामाई रथ यात्रा २०८२ को सन्दर्भमा आज बुधवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बीरगंजको गहवामाई मन्दिर परिसरमा सम्पन्न भएको हो। नेपाली रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र पर्सा द्वारा गरिएको अपिलको आधारमा र “रक्तदान जीवनदान हो” भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीय समाजसेवी, श्रद्धालु, युवाहरू र स्वास्थ्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गर्मीका कारण नियमित रक्तदाताहरूमा आएको कमीलाई मध्यनजर गर्दै गरिएको यो पहल समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा ४ महिला सहित ४२ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्ने व्यक्तिहरूमा वन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सुनिता गुप्ता, सम्भु साह, रवि कुमार गुप्ता, अजय राउत, विवेक कुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियार लगायतका व्यक्ति सहभागी थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, रेडक्रस रेशमकोठिका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्राविधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र, वीरगंजका प्रमुख सौरभ राज पाण्डे र नितेश यातव द्वारा गरिएको थियो भने कार्यक्रमको अध्यक्षता गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले गरेका थिए।

यो कार्यक्रमले वीरगंज क्षेत्रमा मानव सेवा र सामाजिक उत्तरदायित्वप्रतिको चेतनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM