२०८३ बैशाख ४ गते शुक्रबार

नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखालको आयोजनामा १ महिलासहित ३८ जनाले रक्तदान गरे

 

अभिलाष गुप्ता
चै १८ बिरगंज

नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३८ जनाले रक्तदान गरेका हुन। उक्त रक्तदान कार्यक्रम पर्सा जिल्ला स्थित बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सम्पन्न भएको थियोे। ।

उक्त रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा वीरेन्द्रपटेल,उमेशसाह,राजकिशोर,विपेन्द्र राउत,विजय साह तुर्हा,अमिर शर्मा,ललन साह,मनमोहन कुमार,प्रेमचन्द्र राम,रोशन साह,दिपेन्द्र पण्डित,अभिजित सहनी,गोण्डल पटेल,अनिल कु. सहनी लगाएतकाले रक्तदान गरेका थिए।
सोको जानकारी नेपाल रेडक्रस सोसाईटी रेशमकोठि उप शाखाका युवा संयोजक अभिलाष गुप्ताले दिएका थिए।

रामनगरीस्थित रेडक्रस सोसाइटी उपशाखाकै परिसरमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको आतिथ्यमा सम्पन्न भएको हो। उक्त रक्तदान कार्यक्रममा जयनरेश साह , वीरेन्द्र पटेल ,केशवराज पडित,सुनिल राम लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक मनिष साहले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखाका सभापति हरिन्द्र साहको अध्यक्षता तथा पर्सा शाखाका सभापति पटेलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी,बुद्धिजिबि लगायतकाहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM