२०८३ असार ३० गते मंगलवार

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले बुझाए मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र

 

अभिलाष गुप्ता
चैत १८ बिरगंज

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा अराजक समूहले सञ्चारकर्मीमाथि गरेको आक्रमण प्रति सरकारसँग गहिरो अनुसन्धान र दोषीहरूको कारवाही गर्न माग गरेको हो ।साथै, महासंघले मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारको उपचार र अन्य मुद्धाहरूमा चाँडो कार्यवाही नगरेको खण्डमा देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जराले भने, ‘हामी सरकारसँग एक साताभित्रै यस मुद्दामा विश्वसनीय कदम उठाउने अपेक्षामा छौं । सरकारले हाम्रो माग सम्बोधन नगरेको खण्डमा हामी देशव्यापी आन्दोलनमा उत्रनेछौं ।प्रदर्शनमा पत्रकार सुरेश रजकको ज्यान गएको र अन्य सञ्चारमाध्यमहरू र पत्रकारहरूलाई लक्षित गरेर आक्रमण गरिएको घटनाले सञ्चार जगतमा त्रासको स्थिति सिर्जना गरेको छ । रजकले भिडियो खिच्ने क्रममा आगोमा जलेर ज्यान गुमाएका थिए ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM