२०८३ बैशाख २८ गते सोमबार

७ ग्राम ३७० मिलि ग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ

 

अभिलाष गुप्ता
चैत १९ बिरगंज

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडा बजारतर्फ आउदै गरेको बा.प्र.०८-००१ ज ००१९ नं.को यात्रुबाहक ईभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सो ईभी गाडीमा सवार भई आएका जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ बस्ने वर्ष २४ को राज श्रेष्ठलाई शंका लागी रितपुर्वक खानतलासी गर्ने क्रममा निजको साथबाट लुकाई छिपाई ल्याईएको अवस्थामा ७ ग्राम ३७० मिलि ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध सहित निज राज श्रेष्ठलाई नियन्त्रणमा लिई ला.औ.मुद्धा कसुरमा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM