२०८२ पुष १ गते मंगलवार

नेपाल अग्रवाल महिला मंच वीरगंजद्वारा गणगौर बिदाई कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता ।

नेपाल अग्र‌वाल महिला मंच वीरगंज द्वारा गणगौर माताको विदाई कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालीका घडिअर्वा स्थित घडिअर्वापोखरीमा एक कार्यक्रमको आयोजना गरी गणगौर माताको विदाई कार्यक्रम सम्पन्न गरीको हो। उक्त कार्यक्रम काठमान्डौबाट आएकी श्रीमति राजेश्वरीजी मोदी राज दीदीको विशेष उपस्थितीमा एवम् कार्यक्रम संयोजक स्नेहा पटवारीको अध्यक्षतामा सम्पन्न गरीएको हो।

गणगौर पुजा भनेको मारवाडी सामुदायका महिलाहरू द्वारा मनाइने ठूलो पर्व मानिन्छ। यो पर्व हरेक वर्ष मनाउने चलन चल्दै आएको छ। यो पर्व होलीको २ दिन पछी बाट सुरु भई १६ दिनसम्म चल्ने गरीन्छ र अन्तमा विदाई गरीन्छ।यस पर्वमा भगवान शिवजी र माता पार्वतीको मिलन गराई पुजा गर्ने चलन -चल्दै आएको आयोजकको भनाई छ । यो गणगौर माताको विदाई एवम पुजा प्राचीन काल देखीनै गर्दै आएको उनको भनाई थियोे।

उक्त गणगौर बिदाई कार्यक्रम बिरगंजमा पहिलो चोटि भएको आयोजकले दाबी गरेका थिए।यस पर्वमा राजस्थानी पहीरन एवं राजस्थानी गाना बजाई नया नया लुगा कपडाहरू लगाई नाज गान गर्ने चलन रहेको छ। यस पर्वमा मारवाडी सामुदायीका श्रीमतीहरुले आफनो श्रीमान को आयु लामो होस भनी भगवान शिव र माता पार्वतीजी लाई विषेश किसीमको पुजाआजा गर्ने एवम् शिव पार्वती माताको मिलन गराउने गरीन्छ र अन्तिम दिन गणगौर माताको विदाई गर्ने चलन रहेको आयोजकले बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM