बारा प्रहरीले ३५ लाख ६४ हजार बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।विराटनगरबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रक प्रहरी चौकी पथलैयाले गएराति नियन्त्रणमा लिएको हो । बिलविजक भन्दा बढी सामान लोड रहेको आशंकामा बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ०१ पथलैया स्थित प्रहरी चौकीले रोकेर चेक जाँच गर्दा बिल बिजक भन्दा बढी अन्दाजी ३५ लाख ६४ हजार मूल्य बराबरको खुद्रा जुता, चप्पल, डाईफर, स्टेशनरी लगायतका समानहरु बरामद भएको बारा प्रहरीले जनाएको छ ।
सामान सहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
























