२०८२ फाल्गुन ३० गते शनिबार

डुमरवानामा दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

 

अभिलाष गुप्ता
चैत २१ बिरगंज

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १३ डुमरवानामा दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता हुने भएको छ । जीतपुर सिमरा १३ नम्बरवडा कार्यालयको खेल मैदान डुमरवानामा दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ।डुमरवाना विकास मञ्चका अनुसार प्रतियोगिता चैत्र २२ गते शुक्रबारबाट सुरु हुने छ।

डुमरवाना दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगितामा कुल ८ टिमले भाग लिने छन । यही चैत्र २२ गते शुक्रबारबाट सुरु हुने उक्त प्रतियोगिता चैत्र २४ आईतबारका दिन समापन हुनेछ । प्रतियोगितामा प्रथम बिजेता हुनेलाई १ लाख नगद सहित प्रमाणपत्र र मेडल , दोस्रो बिजेता हुनेलाई ५० हजार नगद सहित प्रमाणपत्र र मेडल दिई पुरस्कृत गर्ने आयोजक डुमरवाना विकास मञ्चका सचिव जितेन्द्र चौधरीले जानकारी दिनु भएको हो ।

पहिलो संस्करणको सफलता पछि दोस्रो संस्करणको आयोजना हुने भएको छ । भलिबल खेलको प्रवर्धन , युवा हरुलाई भलिबलमा रुचि र वडाका खेलप्रेमी लाई प्रोत्साहन गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गरेको आयोजक डुमरवाना विकास मञ्चका कार्यक्रम संयोजक प्रमोद प्रसाद चौधरीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM