२०८२ फाल्गुन ३० गते शनिबार

समाजसेवी चौधरी द्वारा श्री रामजानकी आधारभूत विद्यालयलाई १ थान मोटर र ५ थान कुर्सी हस्तान्तरण

 

अभिलाष गुप्ता
चैत २१ बिरगंज

बिरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित श्री रामजानकी आधारभूत विद्यालयलाई समाजसेवी वृजेश चौधरीले सामग्री सहयोग गरेका छन्।समाजसेवी चौधरीले विद्यालयलाई १ थान मोटर र ५ थान कुर्सी हस्तान्तरण गरेका हुन्। पर्सा, जगरनाथपुर वडा नम्बर ४ निवासी चौधरीले विद्यालयको शैक्षिक वातावरण सुधार्नका लागि उक्त सहयोग गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक शुनिल पण्डीतलाई समाजसेवी चौधरीले सामग्रीहरू हस्तान्तरण गरे। चौधरीको यस सहयोगले विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई पठनपाठनमा सहजता हुनेछ भन्ने विश्वास गरिएको छ।

विद्यालयका शिक्षक पण्डितले सहयोगको लागि चौधरीलाई धन्यवाद व्यक्त गर्दै शिक्षामा थप सहयोग र लगानीको आवश्यकता रहेको उल्लेख गरे। उनले विद्यालयलाई शैक्षिक उपकरण, फर्निचर, र अन्य स्रोतसाधनको कमी भएको भन्दै थप सहयोगका लागि समाजसेवीहरूलाई आह्वान गरे।
समाजसेवी चौधरीले विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM