२०८२ फाल्गुन ५ गते मंगलवार

लागुऔषध सहित ३ जना पक्राउ

 

अभिलाष गुप्ता
चैत २२ बिरगंज

लागुऔषध कारोवार भईरहेको बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०७ घर भई हाल ऐ. वडा नं. ०४ नेपालचोक स्थित डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले, ऐ. वडा नं. १० बस्ने वर्ष २८ को निरोज लामा र वर्ष ३३ को महमद मियाँलाई फेला पारी रितपुर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा २ ग्राम ५० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ११ बोतल लागूऔषध ONEREX फेला परेको हुदाँ उक्त लागूऔषध बरामद गरी निजहरु दिनेश गोले, निरोज लामा र महमद मियाँलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध खैरो हेरोईन समेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM