अभिलाष गुप्ता
चैत २३, वीरगन्ज
वीरगन्ज स्थित प्रसिद्ध शक्तिपिठ गहवामाई भगवतीको निशानसहितको दोस्रो डोली यात्रा सम्पन्न भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका र आसपासका दर्शनार्थीको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा सुरुवात भएको थियो । माईस्थान सन्चालक समितिका अध्यक्ष नरेन्द्र साहले डोली तथा निशान पूजाको सम्पूर्ण धार्मिक परम्पराअनुसारको अनुष्ठान पूरा गरेपछि डोली यात्रा निकालिएको बताए ।
भव्य पन्चेबाजा सहित निकालिएको उक्त डोला यात्रामा बारा, पर्सा सहित भारतका गरी लगभग ६ हजार भन्दा बढी श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो।
डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगन्जको रोड नं २ हुँदै बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर समापन भएको थियो ।
Post Views: 135









