
अर्जुन चौधरी
चैत २३ बिरगंज
डुमरवाना विकास मञ्च द्वारा आयोजित दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता शनिबार दोस्रो दिनको खेलमा ४ खेल सम्पन्न भएको छ ।
उक्त दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता सेमीफाइनलको फाइनल खेलमा निबता क्लब निवुवाटार र थास्कौल बारा बीच भएको थियोे। उक्त खेलमा नीबटा क्लब विजयी भएको थियोे भने दोस्रो सेमीफाइनल खेलमा छहारी युवा समाज हेटौडा लाई हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियोे।
पहिलो खेल निप्टा क्लब निवुवाटार र धनुषा भलिबल टिम बीच भएको थियो जसमा निप्टा क्लब निवुवाटार विजयी भएको थियो भने दोस्रो खेल मिलन चोक बारा र महोत्तरी बीच भएको थियो जसमा मिलन चोक विजयी भएको थियो
भोलि फाइनल खेल दिउँसो २ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १३ कोखेल मैदान को कार्यालयमा हुने आयोजक डुमरवाना विकास मञ्च ले जनाएको छ ।



















