२०८२ फाल्गुन ५ गते मंगलवार

रामनवमीको अवसर पारेर बिरगंजमा भव्य शोभा यात्रा निकालियो

 

अभिलाष गुप्ता
चैत २४ बिरगंज

श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज बिरगंजमा भव्य शोभा यात्रा निकालिएको हो। बिरगंजको सब भन्दा पुरानो राममन्दिर बिरगंज महानगरपालिका स्थित घडीअर्वामा पर्छ। उक्त सोभा यात्रा मन्दीरबाट सुरु गरिएको थियोे। उक्त शोभा यात्रा बिरगंजको नगर परिक्रमा गरेको थियोे।

उक्त शोभा यात्रामा बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, मन्दिरका पुजारीहरू, धार्मिक संघसंस्थाका प्रतिनिधि र नगरबासीहरूको उल्लेखनीयरुपमा सहभागिता रहेको थियो। यात्रामा भजन-कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो।

रामनवमी, जसलाई राम जयन्ती पनि भनिन्छ, भगवान् रामको जन्मदिवसका रूपमा मनाइन्छ। नवमीका दिन रामचन्द्रको जन्म भएको धार्मिक विश्वास रहिआएको छ। उनलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पूजिने गरिन छ।

आज देशभरका राम मन्दिरहरूमा विशेष पूजा, रामायण पाठ, रामगीता वाचन, भजन–कीर्तन र व्रत बस्ने कार्यक्रमहरू आयोजना गरिएको छ। श्रद्धालुहरूले घरघरमा समेत भगवान् रामको पूजा आराधना गरी रामनवमी पर्व उल्लासपूर्वक मनाइरहेका छन्।धार्मिक शास्त्रअनुसार भगवान् रामले आफ्नो जीवनमा आदर्श, नैतिकता र मर्यादालाई सर्वोच्च स्थान दिएको बताइन्छ, जसका कारण उहाँलाई मर्यादा पुरुषोत्तम उपाधि दिइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM