२०८३ असार ३० गते मंगलवार

दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको आज फाईनल खेल सम्पन्न

 

अभिलाष गुप्ता
चैत २५ बिरगंज

डुमरवाना विकास मञ्च द्वारा आयोजित दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता सोमबार फाईनल खेल सम्पन्न भएको छ।जीतपुर सिमरा वडा नम्बर १३ को वडा कार्यालय खेल मैदानमा भएको फाइनल खेलमा मिलन चौकले निप्टा क्लब भीमफेदी-४, निवुवाटारलाई ३ सेटले हराउँदै विजयी भएको हो ।प्रतियोगिताको फाइनल खेल हिजोका लागि तय भएपनि अँध्यारो हुँदा पूरा हुन सकेन । आज बिहान ९ बजे पुनः आयोजना गरिएको खेलमा मिलन चौकले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ ।

विजेता टिम मिलन चौकले १ लाख नगद पुरस्कारसहित मेडल प्राप्त गरेको छ भने उपविजेता निप्टा क्लबले ५० हजार नगद र मेडल हात पारेको छ ।खेलभरिका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन् । सरोज बर्देवा ‘बेस्ट प्लेयर’, नवीन महतो ‘बेस्ट स्पाइकर’ र मंजिल गुरुङ ‘बेस्ट लिफ्टर’ घोषित भए ।

कार्यक्रममा डुमरवाना विकास मञ्चका अध्यक्ष जितेन्द्र चौधरीले सभापतित्व गरेका थिए भने जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल प्रमुख अतिथि र उपप्रमुख भोला अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै, वडा नम्बर १२, १३ र १५ का वडाध्यक्षहरूको पनि विशेष सहभागिता रहेको थियो ।

आयोजक समितिका अध्यक्ष चौधरीले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिँदै तेस्रो संस्करण आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।डुमरवाना विकास मञ्चका कोषाध्यक्ष राजेश्वर प्रसाद चौधरीका अनुसार यो भलिबल प्रतियोगिता गराउनुको मुख्य उदेश्य भनेको नया नया खेलाडीहरु उत्पादन गर्नु हो। यस डुमरवानामा रास्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेल खेलेका खेलाडीहरु छन। लामो समय देखि भलिबल खेलमा प्रख्यात ठाँउ हो। हामी अहिलेको युवाहरु लाई लक्षीत गरि उक्त कार्यक्रमको आयोजना गरेका छौं। आउने दिनमा उनिहरुले पनि यो कार्यक्रम देखि केही न केही सिख्नु पर्छ भनी यो हाम्रो लागि सफलताको फडको मार्ने छ भनी आफ्नो धारणा ब्यक्त गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM