अभिलाष गुप्ता
चैत २५ बिरगंज
सशस्त्र प्रहरीले बिरगंजबाट भारतीय नम्बर प्लेटको एउटा कारलाई अवैध सामानसहित बरामद गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज भन्सार कार्यालयमा खटिएको सुरक्षाकर्मीको टोलीले बीआर ३३ एएल ९५९७ नम्बरको भारतीय सुजुकी कार नियन्त्रणमा लिएको हो ।
रक्सौलबाट वीरगञ्ज र वीरगञ्जबाट रक्सौल आवतजावत गर्ने क्रममा उक्त कारले पटक–पटक विभिन्न वस्तुहरूको अवैध ओसारपसार गरिरहेको भन्ने सूचना प्राप्त भएपछि चेकजाँच गरिएको थियो । चेकिङ्गको क्रममा कारमा तस्करीको ३ पिस नया टायर फेला परेको थियो ।
Post Views: 117

















