२०८२ फाल्गुन ५ गते मंगलवार

लागुऔषध सहित २ जना पक्राउ

 

अभिलाष गुप्ता
चैत २५ बिरगंज

लागुऔषध कारोवार भईरहेको छ, भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १९ मौवाटार स्थित सुजिता गुरागाईको घरमा ऐ.वडा नं. १३ ठुलोथली बस्ने बर्ष २१ को हरसित राज मुक्तान र ऐ.राक्सीराङ गा.पा.वडा नं.३ पलासी बस्ने बर्ष २२ को समतेन डिमडुङलाई फेला पारी रितपुर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा ३६ ग्राम ४२० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध बरामद गरी निजहरु हरसित राज मुक्तान र समतेन डिमडुङलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM