२०८३ बैशाख २८ गते सोमबार

नेशनल एकेडमीमा अध्ययनरत कक्षा १२ र बिबिएसका विद्यार्थीहरूको बिदाई सम्पन्न

आज होटल क्लार्क बीरगंजमा भएको नेशनल एकेडमी क्याम्पसमा अध्ययनरत कक्षा १२ र बिबिएसका विद्यार्थीहरू को बिदाई समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको आतिथ्य सम्पन्न भएको हो। प्राध्यापक केदार प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा प्राध्यापक श्री ईन्दु शेखर मिश्रको विषेश उपस्थिती रहेको थियोे। उक्त कार्यक्रममा दिवेश मानवसेवा,एन प्याब्सनका अध्यक्ष जियालाल साह लगायत एन .ए .क्याम्पस का संस्थापक,प्राध्यापक, शिक्षक र विद्यार्थीहरू को विषेश उपस्थिती रहेको थियो।

प्रमुख अतिथि, अध्यक्ष तथा विशिष्ट अतिथी ज्युहरु बाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम मा श्री ईन्दु शेखर मिश्रले विद्यार्थीहरू लाई समाजमा राम्रो मानिस बनेर देखाउनु भन्दै यस क्याम्पसमा पढेर गएका विद्यार्थीहरु आज समाजमा उच्च ओहदामा रहेका छन भन्नुभयो।अध्यक्षको आसन बाट केदार साहले क्याम्पसको विगत ईतिहास र वर्तमानको अवस्था बारे जानकारी दिदैं शुभकामना दिनुभएको थियो।

प्रमुख अतिथि प्रकाश उपाध्यायले देशका लाखौं युवाहरु विदेशमा गएकोले देश युवा विहीन बन्दैछ तसर्थ देशका कर्णधार तपाईं युवाहरुले नेपालमै बसेर राष्ट्रको सेवा गर्नु होस । तपाईंहरुले राष्ट्रलाई माया गर्नुपर्छ। देश को राजनीतिक र आर्थिक अवस्था अहिले गम्भिर संकटमा छ तथापी तपाईहरु ले नै देशमा देखिएको विकृती,विसंगतिका विरुद्ध लड्दै, निराशाको कालो बादल लाई लाई चिर्दै देश र समाजप्रति जिम्मेवार नागरिक को भुमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । विद्यार्थीहरू आगामी हुने परिक्षामा सफलता मिलोस भनी शुभकामना समेत दिनुभयो।

क्याम्पसका विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रममा क्याम्पस को संस्थापक, प्राध्यापक, शिक्षक एवं विधार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।सो कार्यक्रम संचालन यस नेशनल एकेडमीका प्रमुख गुडु रौनियारले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM