२०८३ आश्विन ५ गते सोमबार

वीरगञ्ज ३० मा कांग्रेसको वडा अधिवशेन सम्पन्न, क्षेत्रीय प्रतिनिधीमा कुर्मी र कुशवाहा चयन

 

वीरगञ्ज । नेपाली काग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को वडा अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा तहका अधिवेशन आयोजना भइरहेका छन्।

वडा नम्बर ३० मा सम्पन्न अधिवेशनबाट नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिएको छ।
अधिवेशनबाट सभापतिमा अली हुसेन देवन चयन हुनुभएको छ। त्यस्तै उपसभापतिमा रुपाली कुँवर (महिला) र इजारत अन्सारी (पुरुष) चयन हुनुभएको छ।

यसैगरी सचिवमा लहवर साह कानु तथा सह–सचिवमा सन्तोष यादव चयन हुनुभएको छ। वडा कार्यसमितिका ७ जना सदस्यसमेत चयन गरिएको जनाइएको छ।

अधिवेशनले वडा तहमा पार्टीको संगठनात्मक संरचना निर्माणसँगै आगामी महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयन गरेको हो।
अधिवेशनबाट क्षेत्रीय प्रतिनिधीमा भाजु राउत कुर्मी र दिनेश कुशवाहा चयन भएका छन् ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM