अभिलाष गुप्ता
चैत २९ बिरगंज
निजि तथा आवासीय बिधालय अर्गानाइजेसन नेपाल पर्सा द्वारा ‘प्याब्सन लिगेसी पुरस्कार’ २०८१ प्रदान एवम् नया वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको
छ। उक्त कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रिय सदस्य निमा लामाको आतिथ्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा एवम्
विशिष्ट अतिथीमा हरिसंकर साह,अर्बिन्दलाल कर्ण,आनन्द लामिछाने,प्रकाश उपाध्याय,छेडुप लामा, उपकुलपति डा.दिपक शाक्य,उर्मिला लामा लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा १ जना विशिष्ट ब्यक्तीहरु लाई सम्मान गरीएको थियोे।उक्त सम्मान गौतम स्कुलका संस्थापिका एवम् प्याब्सन पर्साका संस्थापक अध्यक्ष उर्मिला लामा लाई गरिएको थियोे।
उक्त कार्यक्रममा गौतम स्कुलका संचालक सोनम लामा,परिक्षापिया लामा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष शुशिला साह,माटिन मोक्तान लगाएतका प्याब्सन पर्सामा आबद्ध विभिन्न स्कुलका शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।कार्यक्रम संचालन प्याब्सन पर्साका सचीव अशोक संग्रौलाले गरेका थिए।



















