अभिलाष गुप्ता
चैत ३० बिरगंज
बीरगंजको बजार छपकैया स्थित लक्ष्मीनारायण मन्दिरमा हनुमान चालिसा पाठ सम्पन्न भएको छ। यस हनुमान चालिसा पाठमा उल्लेखनीय भक्तजनहरूको सहभागिता रहेको थियो।
शनिबार हनुमान जयन्तीको अवसरमा आज बिहान वीरगञ्जको बजार छप्कैया स्थित लक्ष्मी नारायण मन्दिरमा हनुमान चालीसा पाठ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सयौं भक्तजनहरूको सहभागिता रहेको थियो। भक्तिभावपूर्वक आयोजित सो कार्यक्रममा हनुमान चालीसा पाठपछि प्रसाद वितरण समेत गरिएको थियो।
मन्दिर परिसर भक्तजनहरूको भीडले भरिएको थियो भने वातावरण भक्तिमय बनेको थियो। आयोजकका अनुसार यो कार्यक्रमले धार्मिक आस्था, एकता र सद्भावलाई थप मजबुत बनाउने उद्देश्य राखिएको हो।
हनुमान जयन्तीको अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजा–आराधना, भजन–कीर्तन लगायतका कार्यक्रमहरू आयोजना भइरहेका छन्।









