२०८३ असार २४ गते बुधबार

अपाङ्गता अधिकार सम्बन्धित सचेतनामुलक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख ०२ बिरगंज

जिराभवानी गापामा अपाङ्गता भएको व्यक्तिहरुको लागि अपाङ्गता अधिकार सम्बन्धित सचेतनामुलक १ दिने अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वार्ड न-१ को सभाहलमा २५ जना शाररिक अपाङ्गता भएका व्यक्ति तथा प्रभावित परिवार सदस्यहरुलाई १ दिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्गघ सचिवालय सदस्य सुनिल यादवले सहजकर्ताको रूपमा भुमिका निरबाह गर्नु भएको थियो र स्थानीय स्तर अपांगता भएको व्यक्तिहरुको प्रतिनिधित्वको बारे मा समेत जानकारी गराउनु भएको थियोे।एब्लिस फाउन्डेसन फिन्लैण्ड्को आर्थिक सहयोगमा वि.नेपालद्वारा संचालन गरिएको थियो

बिगतको चार बर्ष देखि यसरी नै वि.नेपाल द्वरा यश भेगका अपाङ्ता भएको महिलाहरुको आर्थिक सशक्तीकरणको लागि टेवा दिदै आईरहेको छ।सो अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण सहभागी हरुले अपाङता भएको ब्यक्तिहरुको अधिकारहरुको बारेमा थाह पाएर खुशी भएका थिए।सहभागी व्यक्तिहरु मध्ये अशोक राय,चिन्ता कुमारी ,कालपती देबी लगायत आफ्नो अनुभव पनि सुनाउनु भएको थियो ।जनालाई एक कार्यक्रम बीच प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्ष विधा देबि नेपालको संस्थापक अध्यक्ष सबु पौडेल ,प्रमुख अथिती जिराभवानी गाउँपालिका उपाध्यक्ष रेखा चौधरी ,विशिष्ट अथिती वार्डाध्यक्ष रामशरण खवास, समाजिक अभियन्त प्रकाश थारु ,महिला बालबालिका शाखा प्रमुख रन्जिता पौडेल समाजसेवि अजगैबीनाथ गौरो लगायत स्थानीय भद्रभलादमी हरुको उपस्तिथि थियो । कार्यक्रममा वि नेपालले सन्चालन गरेको तालीमको सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन अधिबक्ता रशना ढकालले गरेका थिए ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM