२०८३ बैशाख २ गते बुधबार

बिरगंज जेसिज द्वारा बिरगंजका स्थानीय कलाकारहरुलाई सम्मान

 

अभिलाष गुप्ता
बैशाख ०२ बिरगंज

बिरगंज जेसिज द्वारा बिरगंजका स्थानीय कलाकारहरुलाई सम्मान गरेको छ । बिरगंज जेसिजको सचिवलायमा एक कार्यक्रमको आयोजना गरी मंगलबार उक्त कलाकारहरुलाई सम्मानित गरिएको छ। उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा भोजपुरी चलचित्रका नायक प्रदेशी साह, भोजपुरी गायक तथा चित्रकार अजमत अली र गायक सिद्धान्त सहनी रहेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथी बिरगंज जेसिजकी पूर्व अध्यक्ष मधु राणाको आतिथ्यमा एवं बिरगंज जेसिजका अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी एवं अध्यक्ष चौरसिया लगायतकाले दोशल्ला ओढाएर कदरपत्र र मायाको चिन्हो प्रदान गरेर सम्मान गरिएको थियोे।

बिरगंजका स्थानीय कलाकारहरुलाई प्रोत्साहित गर्न सम्मान कार्यक्रम गरिएको बिरगंज जेसिजका अध्यक्ष सरोज चौरसियाले बताए । उक्त कार्यक्रममा बिरगंज जेसिजका पूर्व अध्यक्षहरु जितेन्द्र पुरुष ढकाल,निशान्त लामिछाने,अशोककुमार गुप्ता, सन्तोष खनाल, डाक्टर अरविन्द श्रेष्ठ लगायतकाहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM