अभिलाष गुप्ता
बैशाख ०२ बिरगंज
नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आज आज म्याच -९ सिनियरको खेलमा काव्या एकेडेमि टिमले होलि एन्जल विरुद्धको खेल जित्न सफल भएको छ।
गत चैत २५ गते वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर उक्त प्रतियोगिताको उद्घाटन
गरेका थिए।
आज म्याच -९ सिनियर खेलमा काव्या एकेडेमी टिमले होलि एन्जल विरुद्ध भएको थियोे।उक्त खेलमा होलि एन्जलले पहिलो ब्याटिङ रोजि खेलेर ११२ रन बनाउन सफल भएको थियो र ११३ रनको टार्गेट दिएको थियो भने
काव्य एकेडेमीले सिनियर क्रिकेट खेल होली एन्जल विरुद्ध ६ विकेटले जित्न सफल भएको थियोे। उक्त खेलमा म्याच अफ द म्याच श्रीराम बैठाले २४ बलमा ३८ रन बनाएको सोको जानकारी काव्या एकेडेमीका संस्थापक एवम् संचालक शिक्षक हरिन्द्र कुशवाहाले गराएका थिए।
टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगितामा २९ वटा बिधालयहरुको सहभागी रहेको जानकारी गराएका थिए।









