२०८३ बैशाख १९ गते शनिबार

जिल्ला प्रहरी द्वारा हनुमान जयन्तीमा धार्मिक सद्भाव विथोल्ने ४ जना पक्राउ एवं समाचार संकलन गर्न गएका २ जना घाइते

 

अभिलाष गुप्ता
बैशाख ०२ बिरगंज

हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने क्रममा धार्मिक सद्भाव विथोल्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको विरुद्ध हिन्दु धर्मसँग सम्वद्ध युवाहरुले वीरगञ्जमा प्रर्दशन गरेका छन् । स्थानीय प्रशासन प्रहरीले हिन्दु समुदायका २ जना व्यक्ति पक्राउ गरेकोले तत्काल छोड्न दवाव दिने उदेश्यले मंगलवार राती ८ बजे प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले त्यहाँबाट लखेटेको थियो ।

प्रहरी कार्यालय अगाडी हिन्दुवादी र प्रहरी विच भिडन्त भएको थियो । उक्त घटनामा समाचार संकलनमा गएका २ जना पत्रकार समेत घाइते भएका छन् । एक जनाको नाम अर्जुन गुप्ता हो भने अर्का अनिल ओझा हुन। उनिहरुको उपचार नारायणी अस्पताल बिरगंजमा भईरहेको छ

जिल्ला प्रहरी कार्यालय बाट लखेटिएका हिन्दु युवाहरुले जय श्रीरामको नारा लगाउदै वीरगञ्ज बजार बन्द गराउदै हिडेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै प्रहरीले नियन्त्रणमा लिएका २ जना हिन्दु युवाहरुलाई तत्काल छोडन माग समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM