अभिलाष गुप्ता
बैशाख ०४ वीरगञ्ज
वीरगञ्ज जेसिजले सप्ताहव्यापी कार्यक्रम २०२५ अन्तर्गत बिहीबार वीरगञ्जमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना नागरिकले लाभ लिएका छन्।वीरगञ्ज जेसिजको सचिवालय अगाडि आयोजित सो स्वास्थ्य शिविरमा सहभागीहरुको रक्तचाप तथा मधुमेह (सुगर) रोगको निःशुल्क परीक्षण गरिएको थियो। शिविरमा एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसियनले प्राविधिक सहयोग गरेका थिए।
वीरगञ्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज जेसिजका पूर्व अध्यक्षहरु मधु राणा, उषा शाह, सन्तोष खनाल, निशान्त लामिछाने, गणेशमान श्रेष्ठ, डा. अरविन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरगञ्ज जेसिजले यसअघि वीरगञ्जका स्थानीय कलाकारहरुलाई सम्मानित गर्नुका साथै वीरगञ्ज पब्लिक कलेजका ४० जना छात्रछात्रालाई जेसिज अभियानसम्बन्धी उत्प्रेरणा तालिमसमेत प्रदान गरिसकेको छ।



















