अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज
जगरनाथपुर गाउँपालिकाको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षाको शुक्रबारको दिन एक कार्यक्रमको आयोजना गरि उद्घाटन सम्पन्न भएको छ।
जगरनाथपुर गाउँपालिकाको अध्यक्ष श्रीकान्त प्रसाद यादवको भनाइ अनुसार मैले आज यो उद्घाटन गर्ने अवसर पाएकोमा गर्व महसुस गरिरहेको छु।हाम्रो पालिकामा रहेका युवाहरूमा सरकारी सेवाप्रति रुचि बढाउँदै, उनीहरूलाई सही मार्गदर्शन र तयारीको अवसर प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो।
शिक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्नु नै समृद्ध समाजको आधार हो भन्ने विश्वासका साथ यो कार्यक्रम संचालनमा ल्याइएको बताएका थिए।
उनले सबै सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना समेत दिएका थिए।उनले थपे तपाईहरूको दृढ इच्छाशक्ति र निरन्तर अभ्यासले अवश्य नै लक्ष्यमा पुर्याउने बताएका थिए।उक्त कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीहरु तथा उनका अभिभावकहरुको उल्लेखनीय रुपमा उपस्तिथि रहेको थियो।
























