२०८३ असार १० गते बुधबार

विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा स्थित १४ वटै पालिकाका प्रमुखहरु सक्रिय

 

अभिलाष गुप्ता
बैशाख ०७ बिरगंज

विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा स्थित १४ वटै पालिकाका प्रमुखहरु सक्रिय भएका छन् । सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेकाले अबदेखि प्रभावित हुन नदिन बैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत भएका हुन् ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको जिल्ला स्थित पालिका प्रमुखहरुको बैठकले तत्काल भर्ना अभियान चलाउन सम्बन्धित पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
जस्तो सुकै आपत विपत र संकटको अवस्थामा समेत विद्यार्थीहरुको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नु पर्नेमा शिक्षकहरु विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीहरुको पठन पाठन बन्चित हुने भएकाले भर्ना अभियानलाई यथासिघ्र अघि बढाउन पालिका प्रमुखहरु नै सक्रिय हुनु परेको हो ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठन पाठनबाट बन्चित भएको हेरेर बस्न् उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठन पाठन सुरु गराउन आवश्यक रहेको बताउनुभयो ।नेपालको संविधानले समेत आधारभूत र माद्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी संचालन गराउन सबै पालिका प्रमुखहरु एक भएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

बैठकमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, पोखरीया नगरपालिकाका प्रमुख पधुम्न चौहान, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव,जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउत लगायत एवं पालिकाका शिक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले काठमाण्डौ केन्द्रित शिक्षकहरुको आन्दोलनमा प्रतिनिधिमुलक शिक्षकहरु मात्रै अहिले पनि उपस्थिति भइरहेको र ६० प्रतिशत भन्दा बढी शिक्षकहरु गाउँघरमै रहेकाले उनीहरु आफै जिम्मेवार भएर विद्यालय संचालन गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM