अभिलाष गुप्ता
वीरगंज, पर्सा — सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको कार्यालय, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगंज पर्साको संयुक्त आयोजनामा “सफा, हरित र वैभव वीरगंज महा – अभियान” अन्तर्गत “जहाँ खाली त्यहाँ हरियाली” मूल नाराका साथ बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगंज महानगरपालिका वडा नं. १० स्थित आदर्श रंगशालामा आयोजित कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो भने कार्यक्रमको अध्यक्षता जयप्रकाश खेतानले गर्नु भयो।

कार्यक्रम बिहान ८:०० बजे सुरु भई करिब १५० विभिन्न जातका बिरुवाहरू रोपण गरियो। कार्यक्रममा वीरगंज महानगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नागरिक समाजका प्रतिनिधि, समाजसेवी, सुरक्षा निकायका कर्मचारी, नगर प्रहरी, संचारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख सहभागीहरू राजेशमान सिंह, नगरप्रमुख वीरगंज महानगरपालिका,अरविन्दलाल कर्ण, प्रमुख प्रशासनिक अधिकृत वीरगंज महानगरपालिका,सर्फुदिन मियाँ, सरसफाई अधिकृत वीरगंज महानगरपालिका
प्रकाश ऐर, वातावरण शाखा वीरगंज महानगरपालिका
आमोदिन हवारी, वातावरण शाखा वीरगंज महानगरपालिका,हरि भुसाल, नगर प्रहरी प्रमुख वीरगंज महानगरपालिका,प्रदिप कुमार गोले, प्रहरी नायव निरीक्षक प्रहरी चौकी आदर्शनगर,जयप्रकाश खेतान, अध्यक्ष ग्रीन सिटी सामुदायिक सेवा केन्द्र,सञ्जय शर्मा, उपाध्यक्ष ग्रीन सिटी सामुदायिक सेवा केन्द्र,रतन टेमानी, सदस्य ग्रीन सिटी सामुदायिक सेवा केन्द्र,सुष्मिता यादव, संचारकर्मी नियमित खबर,अजित भुजेल, संचारकर्मी,बसन्त प्रसाद उपाध्याय, समाजसेवी,प्रेम राम, प्रहरी वरिष्ठ हवल्दार ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र,अमर सिंह साउद लगाएतकाहरु उपस्थित थिए।

कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न र हरित वीरगंज निर्माणतर्फको सन्देश प्रवाह गरेको आयोजक पक्षले जनाएका छन्। यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।




















