अभिलाष गुप्ता
बिरगंज , जेष्ठ १
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगंज नर्सिङ क्याम्पस कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम वीरगंज नर्सिङ क्याम्पस परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।
बिहीवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीर सम्सेरको उपस्थिति रहेको थियो। त्यस्तै, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल र नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता,समाजसेवी प्रकाश थारु,राजेन्द्र भट्टराई,राजन श्रीवास्तव,राम किशोर पराग बिरगंज नर्सिङ कलेजका प्रमुख कल्पना पौडेलको विशेष उपस्थिति रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा कुल २१ जनाले आफ्नो अमूल्य रगत दान गरेका थिए। रक्तदाताहरूमा प्रदिल घिसिङ,ओशिङ राई,दीपा रञ्जित,दिपा गुरुङ,सोनी राई,रियाज अन्सारी,पविना थापा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता लगायतको प्राविधिक सहयोगले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएका छन्।
कार्यक्रमको संयोजन अनेरास्ववियु वीरगंज नर्सिङ क्याम्पस कमिटीले गरेको हो। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानले विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्ने र समुदायमा स्वास्थ्य सचेतना फैलाउने विश्वास व्यक्त गरेको छ।



















