२०८३ असार १४ गते आईतवार

१६० ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ

 

अभिलाष गुप्ता
हेटौंडा,२६ मकवानपुर

मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई युवालाई पक्राउ गरेको छ। प्रहरी चौकी चौकीटोलबाट खटिएको टोलीले गस्तीका क्रममा हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरा चोक स्थित सडकमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा उनीहरूलाई फेला पारी खानतलासी गर्दा लागूऔषध फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरूमा मकवानपुर, बागमती गाउँपालिका–१ निवासी तथा हाल हेटौंडा–५ बसोबास गर्ने २४ वर्षीय आशिष अधिकारी र हेटौंडा–२ बसोबास गर्ने २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन्।

प्रहरीले उनीहरूलाई रितपूर्वक खानतलासी गर्दा लुकाई छिपाई राखिएको १६० ट्याब्लेट लागूऔषध ट्रामाडोल बरामद गरेको जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई निगरानीमा राखी कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM