२०८२ माघ ११ गते आईतवार

सडक अनुशासन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज,२८ जेष्ठ

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालन गरिएको “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२” भव्य रुपमा सम्पन्न भएको छ। ट्राफिक सप्ताहको समापन कार्यक्रम विशेष अतिथि, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह रहनुभएको थियो। विशिष्ट अतिथिका रुपमा उपमेयर ईम्तियाज आलम, श्री श्री जंगका बिरगंज प्रमुख निराजन कटुवा, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पत्रकार महासंघ बिरगंज अध्यक्ष ओम प्रकाश खनाल, उद्योग वाणिज्य संघ बिरगंज अध्यक्ष हरी गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, शस्त्र प्रहरी बल १३ नं गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, महानगर प्रमुख प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्ण, वडा अध्यक्ष जवाहर गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्साल, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गर्नुभएको थियो।
स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.ना.नि. लोकराज भट्टले दिनुभएको थियो भने
कार्यक्रम संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ सई गुणनिधि खकुरेलले गर्नुभएको थियो।

कार्यक्रम अन्तर्गत सात दिनसम्म विभिन्न सचेतनामूलक गतिविधिहरु जस्तै ट्राफिक नियम सम्बन्धी सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, सडक प्रयोगकर्ताहरुलाई पर्चा वितरण, पोस्टर क्याम्पेन, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँच लगायतका कार्यक्रमहरु सञ्चालन गरिएका थिए।

कार्यक्रममा बिरगंजका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
साथै, विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको उपस्थिति र समाचार संप्रेषणले कार्यक्रमको प्रभावकारिता अझ बढाएको थियो।

यस किसिमका जनचेतनामूलक कार्यक्रमहरुले सडकमा सुरक्षित यात्राको संस्कृति निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने सहभागीहरुले बताएका छन्।
समापन अवसरमा सहभागी अतिथिहरुले ट्राफिक प्रहरीको प्रयासको प्रशंसा गर्दै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमको अपेक्षा पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM