२०८२ पुष १ गते मंगलवार

बीरगंजको लिङ्ग रोडमा लेमिनार भिट्रिफाइड टायल्सको नयाँ शोरुम संचालनमा

 

बीरगंजको लिङ्ग रोडमा लेमिनार भिट्रिफाइड टायल्सको नयाँ शोरुम शनिबारदेखि संचालनमा आएको छ। शोरुमको भव्य उद्घाटन बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख सिंहले सो शोरुमले नेपाली उपभोक्तालाई गुणस्तरीय टायल्स सुलभ मूल्यमा उपलब्ध गराउँदै घर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “अब एकै स्थानमा सबै प्रकारका टायल्स सहज रूपमा पाइनु उपभोक्ताका लागि निकै लाभदायक छ। समय र स्रोतको बचत पनि हुनेछ,” नगर प्रमुख सिंहले बताए।

शोरुमका सञ्चालक आशुतोष खेतानका अनुसार यो शोरुममा अत्याधुनिक युरोपेली प्रविधिबाट उत्पादित लेमिनार ब्राण्डका टायल्स उपलब्ध हुनेछन्। “हामीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक साइजका टायल्स बजारमा ल्याएका छौं,” उनले भने। खेतानका अनुसार टायल्स उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाबाट तयार गरिएका छन्।

खेतानले शोरुम निर्माणमा करिब १० करोड रुपैयाँ लागत लागेको जानकारी गराउँदै लेमिनार उत्पादन र विस्तारका लागि थप ५ करोड बजेट विनियोजन गरिएको पनि बताए। उनका अनुसार यो शोरुमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै निर्माण क्षेत्रमा नयाँ अवसर थप्नेछ।

उद्घाटन समारोहमा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, शोरुमका सह–संचालक अभिनव चुरिवाल, विभिन्न उद्योगी, व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM