२०८२ कार्तिक २९ गते शनिबार
neelambads

२२औं राष्ट्रिय धान दिवसमा धान रोपाइँ कार्यक्रम सम्पन्न

 

“धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस २०८२ को अवसरमा विशेष धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुर बारामा सम्पन्न भएको थियोे।

नेपाल किसान महासङ्घ मधेश प्रदेश कार्य समिती, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुर बाराको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेशका कृषि मन्त्री जनार्धन सिंह क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ पर्साका अध्यक्ष हरी गौतम, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सिडिओ गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, तथा सशस्त्र प्रहरी कार्यालय पर्साका प्रमुख एसपी राधेश्याम धिमाल,नेपाल किसान महासङ्घका केन्द्रिय सदस्य विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी, रुङटा वेल्फेयर सोसाइटी पर्साका अध्यक्ष सुरेश रुङटा, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, व्यापारी निर्मल खत्री, मनोज दास लगायतका समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक सत्रपछि सबै अतिथिहरूले धान रोपेर दिवसको सार्थकता प्रकट गरेका थिए। यस किसिमका कार्यक्रमहरू कृषकको हौसला अभिवृद्धिमा मद्दत पुग्ने आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM