२०८३ श्रावण ३१ गते आईतवार

रानीघाटमा नेपाल रेडक्रस सोसाइटीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 

नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाद्वारा शुक्रबार रानीघाटस्थित दुर्गा पूजा सेवा समिति, रानीघाटको पूजा पण्डालमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त शिविरमा १५० भन्दा बढी सर्वसाधारणले विभिन्न स्वास्थ्य परामर्श तथा उपचार सेवाको लाभ लिएका छन्। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई निःशुल्क औषधिहरू वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतले गरेका थिए। अध्यक्ष राजपुतले भने नेपाल रेडक्रस सोसाइटी सधैं समुदायको स्वास्थ्य र कल्याणका लागि प्रतिबद्ध छ। यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दालाई प्रारम्भिक स्वास्थ्य परीक्षण र सजगता प्रदान गर्न ठूलो भूमिका खेल्छन्। हामी भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।

प्रमुख अतिथिका रूपमा बिरगंज महानगरपालिका वडा नं–९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता उपस्थित थिए।विशिष्ट अतिथिमा डा. श्याम बाबू पटेल, दिनानाथ रौनियार, डा. प्रयांश तिमलसेना, डा. पृथ्वी चौरसिया, डा. प्रशान्त साह, डा. मौशम गुप्ता, डा. निशा सिंह लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रमलाई सफल बनाउन बिरगंज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर त्रिमूर्ति चौक, बिरगंज महानगरपालिका वडा नं–९ को कार्यालय, मा यशोदा ज्वेलर्स घण्टाघर, न्यू भवानी अफसेट प्रेस रानीघाट र दुर्गा पूजा सेवा समिति, रानीघाटले सहयोग गरेका थिए।कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM