२०८२ कार्तिक २९ गते शनिबार
neelambads

जनमत पार्टी पर्साद्वारा दशैं, तिहार तथा क्षेत्रीय भेला कार्यक्रमको तालिका सार्वजनिक

 

जनमत पार्टी पर्साले आगामी दशैं, दीपावली/तिहारको पावन अवसरमा जिल्लाका चारै निर्वाचन क्षेत्रमा शुभकामना आदान–प्रदान तथा क्षेत्रीय भेला कार्यक्रमको विस्तृत तालिका सार्वजनिक गरेको छ। पार्टीले जारी गरेको तालिकाअनुसार विभिन्न मितिमा पर्साका चार वटै क्षेत्रमा भेला तथा शुभकामना आदान–प्रदान हुने जनाइएको छ।

कार्यक्रम तालिका यसप्रकार रहेको छ :
👉 पर्सा क्षेत्र नं. १
मिति : २०८२ असोज १८ गते
समय : बिहान ७:३० बजे
स्थान : दलित धर्मशाला परिसर, रेल्वे रोड, गहवा चौक, वीरगन्ज
सम्पर्क व्यक्ति :गगन देव यादव – ९८५५०३३३२२
डा. मनोज सरार्फ – ९८०२५३७५०५

👉 पर्सा क्षेत्र नं. २
मिति : २०८२ असोज १९ गते
समय : बिहान ११ बजे
स्थान : वीरगन्ज–२४, बहुवरी जानकी मन्दिर परिसर
सम्पर्क व्यक्ति :शशी देव यादव – ९८१०१२०५३९

👉 पर्सा क्षेत्र नं. ३
मिति : २०८२ असोज २० गते
समय : बिहान ११ बजे
स्थान : सखुवा प्रसौनी गाउँपालिका–५, बलुवा बगैंचा
सम्पर्क व्यक्ति : डा. असोक राज – ९८४५५१६७३९
ई. राजुराज गिरि – ९८०४२९९२२९
डा. कमोद निराला – ९८०७१३३१६१

👉 पर्सा क्षेत्र नं. ४
मिति : २०८२ असोज २१ गते
समय : बिहान ११ बजे
स्थान : धोबिनी गाउँपालिका, असवारी हनुमान मन्दिर धर्मशाला
सम्पर्क व्यक्ति : बृजेस्वर चौधरी – ९८४५५५८४१६
गौरीशंकर पटेल – ९८५५०१२९८३

जनमत पार्टी पर्साका अनुसार यी सबै कार्यक्रमहरुमा पार्टीका नेतागण, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकहरूको उपस्थितिलाई विशेष आमन्त्रण गरिएको छ। पार्टीले दशैं तथा तिहार पर्वले आपसी भाईचारा, एकता र सद्भाव बढाउने विश्वास समेत व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM