२०८३ असार १५ गते सोमबार

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको सरुवा, नयाँ प्रजिअका रूपमा भोला दाहाल जिम्मेवारी सम्हाल्दै

 

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरेको हो।

सुवेदीले पर्सामा करिब दुई महिना मात्र प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेका थिए। यस अवधिमा उनले छठ पर्वलगायतका धार्मिक तथा प्रशासनिक तयारी, सुरक्षा व्यवस्था र स्थानीय निकायबीचको समन्वयमा सक्रिय भूमिका निभाएका थिए।

सुवेदीको सरुवासँगै अब पर्साको प्रशासनिक नेतृत्व दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सम्हाल्ने भएका छन्। दाहालले छिट्टै वीरगन्ज आइ जिम्मेवारी ग्रहण गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

गृह मन्त्रालयको आइतबार बसेको बैठकले देशभरका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको व्यापक सरुवा तथा हेरफेर गरेको हो। सो निर्णयअनुसार पर्सासहित दर्जनौं जिल्लामा प्रशासनिक नेतृत्वमा नयाँ नियुक्तिहरू भएका छन्।

नयाँ प्रजिअका रूपमा दाहालको आगमनसँगै पर्साको प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जा र शैली आउने अपेक्षा लिइएको छ। स्थानीय सरोकारवालाहरूले दाहालसँग विकास, शान्ति र सुशासनमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM