२०८३ बैशाख २८ गते सोमबार

प्रतिमा चोकबाट ७६ हजार १७० ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ

 

वीरगञ्ज पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुल ७६ हजार १ सय ७० पिससहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका प्रतिमा चोकमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गर्दै बरामद गरिएको ठूलो परिमाणको लागुऔषधबारे विस्तृत जानकारी दिए। उनका अनुसार सवारी जाँचका क्रममा रोकिएको बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको गाडीमा झोलाभित्र लुकाइएका क्याप्सुल फेला पारेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

एसपी पाठकका अनुसार पक्राउ परेकाहरू केही समयदेखि अवैध रूपमा लागुऔषध ओसारपसारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा निगरानीमै राखिएको थियो। पक्राउ पर्नेहरूमा वीरगन्ज–२४ का युवराज पटेल र अफजल देवान, तथा धादिङका रामहरि मगर र राजकुमार मगराती रहेका छन्।

घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद समेत लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM